राजनीति

काँग्रेसले भन्योः हामी संसद छाडेर जान्छौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद छाड्ने चेतावनी दिएको छ । सरकारले संविधान, ऐन, नियम, कानुन मिच्दैँ गएको भन्दैँ कांग्रेसले संसद छाडेर जनतामाझँ जाने चेतावनी दिएको हो । सरकारका मन्त्रीहरुमा हैकमवादी प्रवृति हाबी हुदैँ गएको भन्दैँ काग्रेसले रोस प्रकट गरेको छ । सरकार अधिनायकवादतर्फ उद्य्त हुदैँ गएको कांगेसको ठहर छ ।

बिहिबार संसदमा बोल्दै कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधीसभा बैठकमा बोल्दै सरकारमाथि खनिएका छन् । नेता रिजालले मन्त्रीहरुले मनपरी गर्न थालेको बताउदैँ भने, सरकारका मन्त्रीे ‘काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो ?’ भन्दै तर्साउछन् । संसदमा कांगेसको उपस्थिती कमजोर भएपनि सरकारले विधी, विधान मिच्दै गए जनतामाझँ जाने चेतावनी दिदैँ उनले अघि भने, सरकारबाट विधी, विधान तथा संविधानको पालना नभए संसद छाड्नुपर्ने अवस्था आउछ ।

सरकारका मन्त्रीमा मनपरीतन्त्र र अहमतावाद मौलाउदैँ गएको नेता रिजालको भनाइ छ । ‘पत्रकारले सोधेको प्रश्नमा चित्त नबुझेर कार्यक्रम बन्द गराउने सरकार अधिनायकवाद नभएर के हुनसक्छ ?’ भनी नेता रिजालले प्रश्न समेत गरेका छन् ।

सरकार स्वैच्छाचारी बन्दै गएको कांगेसले आरोप लगाएको छ ।