कर्णाली प्रदेश

भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

दाङ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना ९विविडिएमपी० को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ ।

चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिए ।

टिविएम मेशिनले सुरुङ मार्ग निर्माण गरिँदै आएको छ । नेपालमै पहिलो र नयाँ प्रविधिबाट निर्माण शुरु भएको सुरुङ मार्गमा प्रत्येक दिन ३० मिटर सुरुङ खन्ने काम भइरहेको श्रेष्ठले बताए । टनेलिङ प्रविधिबाट सुरुङ निर्माण भइरहेको छ ।

अमेरिकाबाट ल्याइएको सो मेशिनको प्रयोगले सुरुङ निर्माण गरिँदैछ । बाह्र किलोमिटर लामो सो सुरुङ सुर्खेतको भेरी गंगा नगरपालिकाको चिम्लेस्थित भेरी नदीसम्म निर्माण हुनेछ ।

“यही गतिमा काम भए अबको ६ महिनामै सुरुङ मार्ग निर्माण सम्पन्न हुन्छ,” जनसम्पर्क अधिकारी श्रेष्ठले भने । अठचालिस मेगावाट विद्युत् उत्पादन तथा बाँके– बर्दियाको ५१ हजार जमीनमा सिँचाइ गर्ने उद्देश्यले २०७१ माघदेखि सो आयोजना शुरु भएको थियो ।

रु १० अर्ब ५६ करोडभन्दा बढीको लगानीमा शुरु भएको उक्त आयोजना २०७५ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल सुरुङ मार्ग निर्माणमा ८० चीनियाँ प्राविधिक र ५५० स्थानीयवासी संलग्न छन् ।

एउटा कामदारले मासिक रु २५ हजारदेखि रु ५० हजा सम्म पारिश्रमिक पाउने गरेका छन् । नेपालमै नौलो प्रविधिबाट सुरुङ निर्माण भइरहेकाले दैनिक अवलोन गर्न आउनेको संख्या बढ्दै गएको छ ।