प्रवास

कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

काठमाडौँ भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ ।

उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुनेछ ।

कोलकातामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरुले अभिनय गर्ने थिएटर मलकी प्रबन्ध निर्देशक इलिना नकर्मीले जानकारी दिए । सो महोतुवमा भाग लिन २० जनाको नाट्य टोली आज भारततर्फ प्रस्थान गर्दैछ । नेपालबाट गार्डेन थिएटरको ‘मिस्टर फक्स एण्ड स्कुल बोय’ को टोलीले समेत महोत्सवमा भाग लिनेछ ।

कोलकाताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने उक्त नाट्य महोत्सव आगामी असार तीनदेखि सात गतेसम्म सञ्चालन हुनेछ । नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत आठ देशका १६ वटा नाटक सो महोत्सवमा मञ्चन गरिनेछन् ।

कोलकातामा ‘उपियाँ’ निवन्ध ४०औँ पटक मञ्चन गरिन लागेको हो । प्रेरणा विद्याश्रमले २०६८ सालमा रुसी साँस्कृतिक केन्द्रमा आयोजना गरिएको बाल नाटक महोत्सवमा उपियाँको पहिलो पटक मञ्चन गरेको थियो । स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा उपियाँमा प्रस्तुत गरिएको छ ।