समाचार

सुनकाण्डः बाजेको सेकुवामा छापा, ६ शाखामा सिलबन्दी

काठमाडौं । ३ हजार ८ सय किलो सुनकाण्डको अनुसन्धानको छानविन गर्न बनेको टोलीले राजधानीको अनामनगरस्थित बाजेको सेकुवामा छापा मारेको छ ।

समग्र ३ हजार ८ सय किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणको छानविनका क्रममा टोलीले बुधबार बाजेको सेकुवामा छापा मारेको हो ।

सञ्चालक चेतन भण्डारीको पनि सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्नता रहेको आशंका छापा मारिएको गृहमन्त्रालय निकट स्रोतले बतायो । फरार रहेका बाजेको सेकुवाका मालिक चेतन भण्डारी लाई प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको छ ।

यसैबीच, उपत्यकाभरी बाजेको सेकुवा नामबाट सञ्चालनमा रहेका १० वटा शाखामध्ये ६ वटामा सिलबनदी गरिएको समितिले जनाएको छ । सिलबन्दी गरिएका शाखाहरुमा सामाखुसी, बत्तिसपुतली, कमलपोखरी, गैरीधारा, अनामनगर र स्रोहखुट्टे रहेका छन् ।