समाचार

‘सिधा प्रश्न’ कार्यक्रमबारे यस्तो आयो एनटीभीको भनाइ

काठमाडौं । नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि प्रशारण हुदैँ आएको र नियमित प्रसारणमा रहेको कार्यक्रम “सिधा प्रश्न ?” सञ्चारमन्त्रीको आदेशमा बन्द भएको खबरप्रति स्वंय एनटिभीले खण्डन गरेको छ । एनटिभीका अनुसार टिमकै आपसी सहमती अनुसार कार्यक्रम सिधा प्रश्न बन्द गरिएको हो ।

कार्यक्रम सिधा प्रश्न बन्द प्रकरणमा सूचना तथा सञ्चारमन्त्री बास्कोटाको कुनै संलग्ता नरहेको कुरा प्रकाशमा आएको छ ।

कार्यक्रम सञ्चालनका क्रमममा मन्त्रीको झुट पक्रिएपछि बास्कोटाले कार्यक्रम नै बन्द गर्न ठाडो आदेश दिएका भन्ने खबरको चौतर्फी निन्दा तथा भत्सर्ना भएको थियो । कार्यक्रम सञ्चाक राजु थापाले भने मन्त्रीकै आदेशमा कार्यक्रम बन्द भएको दाबी गरेका थिए ।

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाका अनुसार उक्त कार्यक्रम समाचार च्यानलको आपसी सहमतीमा बन्द गरिएको हो । मन्त्री वास्कोटाले ठाडो आदेश दिएको भन्दै नेपाल प्रेस युनियनले भत्सर्ना गर्दै विज्ञप्ती समेत निकालेको थियो ।

सम्बन्धित पढ्नुहोस्ः

ठाडो आदेशमा कार्यक्रम ‘सिधा प्रश्न ?’ बन्द (भिडियो)