राजनीति

यसो गर्न सके सबै पाप पखालिन्छन्ः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब दुईतिहाइ मतसहितको शक्तिशाली कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गर्नुको विकल्प नभएको बताएका छन् । तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अबको ५ बर्षमा जनताको पक्षमा विकास र समृद्धि गर्न सके गतविगतमा गरिएका सबै खाले पापहरु पखालिने अध्यक्ष दाहालले बताए । उनले पार्टी एकतापछि महासागर बनेको बताउदैँ भने, ‘विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण एवम् सुनौलो अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ’ ।

अब दुवै पार्टी भित्रको गुटगत र व्यक्तीगत स्वार्थलाइ निमिटान्न पार्दै देशमा विकास र समृद्धिको नयाँ युग स्थापना गर्ने बेला आएको अध्यक्ष दाहालको भनाइ छ । दइ कम्युनिष्ट पार्टी एक हुनुभन्दा ठूलो कुरा देशलाइ समाजवाद उन्मुख विकासको आवश्यकता भएको बताए ।