आर्थिक

यस्तो छ समर डोको डिल्स २०१८ योजना

काठमाडौं । स्मार्ट डोकोले गर्मी मौसम को अवसर पारेर इलेक्ट्रोनिक्स, वर्ल्ड कप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री र अरु थुप्रै सामानहरुमा छुट सहित ‘समर डोको डिल्स’मा आफ्ना तोकिएका उत्पादनहरुमा ८२५ सम्म को छुट दिन सुरु गर्ने भएको छ । यो अभियान १२ जून देखि ६ जुलाई २०१८ सम्म लागु हुने जनाइएको छ ।

स्मार्ट डोकोले रिंग रोड भित्र आफ्ना सामान हरु निःशुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्ड बाट गर्न सकिनेछ ।

फिफा वोर्ल्डकप नजिकिदै गर्दा समर डोको डिल्सले वोर्ल्ड कप जर्सी, टिभी तथा प्रोजेक्टर, सोनी, फिलिप्स, स्याम्सुंग, बाल्ट्रा, लुमिनार्क, रेड्लाइन, टोनी मोली, लिवाइज, द बडी सप, कोडोमो र अन्य थुप्रै ठुला ब्र्यांडका सामानहरुमा बिशेष छुटको अफर ल्याएको बताएको छ ।

स्मार्ट डोकोका मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ आदि गरेर १८ विभिन्न उत्पादन र उप उत्पादनहरु रहेका छन् ।

स्मार्ट डोकोले नेपालका मुख्य सहरहरुमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुने बताइएको छ ।