राजनीति

नेबि संघको आन्दोलनले ओली सरकार थर्कमान: अध्यक्ष महर

काठमाडौं । नेपाल् विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले मूल्य वृद्धिको विरुद्धमा नेपाल विद्यार्थी संघले सुरु गरेको देशब्यापी आन्दोलनको बेगले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार थर्कमान भैसकेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ उपत्यका स्तरीय समिक्षा भेलालाई सम्बोधन गर्दै महरले बर्तमान सरकारले गरेको मुल्य वृद्धिले जनताको दैनिक उपभोग्य बस्तुको मुल्य आकाशियको र जनताको ढाड सेक्ने काम भएकोले जनताको हितका पक्षमा नेबि संघले देशभर आन्दोलन चर्काएको बताए ।

आन्दोलनकै बिषयमा समिक्षा गर्न बसेको भेलाले हिजो देशभर गरिएको मसाल जुलुसमा धरपकड गर्दा कास्की, कैलाली, कंचनपुर लगायतका विभिन्न जिल्लाबाट १५७ जना, दुई दर्जन जति विद्यार्थी घाइते भएको र शान्तिपुर्ण आन्दोलनमा प्रहरीले गोलि, अश्रुग्यास र लाठीचार्ज गरेकोले नेबि संघलाई थप आक्रोशित बनाएको निष्कर्ष निकालेको छ ।

भोलि हुने प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यक्रमलाई थप प्रभावकारी बनाउन आव्हान गरेको छ ।