समाचार

संचारमन्त्रीलाइ प्रश्न सोधेकै भरमा ठाडो आदेशमा कार्यक्रम ‘सिधा प्रश्न ?’ भयो बन्द (भिडियो)

काठमाडौं । नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि प्रशारण हुदैँ आएको र नियमित प्रसारणमा रहेको कार्यक्रम “सिधा प्रश्न ?” बन्द गरिएको छ । सञ्चारमन्त्रीको ठाडो आदेशमा उक्त कार्यक्रम बन्द भएको हो ।
सञ्चारमन्त्रीको अन्तर्वार्तापछि उक्त बहस कार्यक्रम संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ठाडो आदेशमा बन्द भएको छ ।

सञ्चारमन्त्रीको उक्त कार्यको चौतर्फी निन्दा भएको छ । कार्यक्रम सञ्चालनका क्रमममा मन्त्रीको झुट पक्रिएपछि बास्कोटाले कार्यक्रम नै बन्द गर्न ठाडो आदेश दिएका थिए । कार्यक्रम सञ्चाक राजु थापाका अनुसार मन्त्रीकै आदेशमा कार्यक्रम बन्द भएको बताए ।

सञ्चारमन्त्री नेपाल पत्रकार महासंघका सदस्य समेत हुन् ।

मन्त्री बाँस्कोटासंगको कार्यक्रममा भएको चाहिँ के थियो त ?
मन्त्री – कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाईँ बताइदिनु त मलाई।
सञ्चालक – तपाईँहरु त दाइजो विरोधी।
मन्त्री – दाइजो भनेर क–कसले राख्या छ ?
सञ्चालक – दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईँले राख्नुभा छ ।
मन्त्री – श्रीमतीको विवाहमा आएको रे ?
सञ्चालक – विवाहमा माइती पक्षले दिएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – कति राख्या छ ?
सञ्चालक – तपाईँले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नुभाछ।
मन्त्री – हो तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन।
सञ्चालक – माइतीबाट
मन्त्री – छैन। तपाईँ झुट बोल्दै हुनुहुन्छ।
सञ्चालक – म तपाईँलाई देखाइदिउँ ?
मन्त्री – मसित झुट बोल्नुपर्दैन। चार पाँच तोला श्रीमतीबाट आए होला। हो रु १७ तोला
सञ्चालक – तपाईँको सम्पति विवरण मसँग छ सर ।
मन्त्री – ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो।
सञ्चालक – तपाईँको सम्पति विवरणमा ।
मन्त्री – ठीक छ, राख्नुस्।
सञ्चालक – १७ तोला सुन
मन्त्री – हो।
सञ्चालक – र ६० तोला चाँदी चाहिँ
मन्त्री – हो।
सञ्चालक – विवाहमा दिएको माइतीले भनेर लेख्नुभा छ।
मन्त्री – हो।
सञ्चालक –अघि हैन भन्नुभो।
मन्त्री – हो दिएको हो। तर सबै दिएको हैन।

भिडियो:-

मन्त्री वास्कोटाको ठाडो आदेशको भत्सर्ना गर्दै नेपाल प्रेस युनियनले निकालेको विज्ञप्ति यस्तो छः

मितिः २०७५।२।३०

प्रेस विज्ञप्ती

नेपाल टेलिभिजनमा विगत १२ बर्षदेखि प्रस्तोता राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम ुसिधा प्रश्नु नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकार नियन्त्रित नेपाल टेलिभिजनमा केहि लोकप्रिय कार्यक्रम मध्ये रहेको थापाकोुसिधा प्रश्नु प्रत्येक शनिवार राती ८ः४५ मा प्रसारण हुँदै आएको थियो। नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई ुसिधा प्रश्नु कार्यक्रम अब प्रसारण नुहने जानकारी मंगलवार गराएका थिए। मन्त्री वास्कोटासँग लिएको अन्तर्वार्ता पछि आफ्नो कार्यक्रम बन्द गर्ने आदेश आएको थापाले जनाएका छन्।

ुसिधा प्रश्नु मा सम्पति विवरणका बारेमा प्रश्न उत्तर हुने क्रममा मन्त्री वास्कोटा कार्यक्रम प्रस्तोता थापासँग रिसाएका देखिएका थिए। सम्पति विवरणमा दाइजो सम्वन्धि प्रसङगमा अझ रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिएका हुन्।

कार्यक्रमुसिधा प्रश्नुरोकिएको यो घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भए यता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ। पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ। हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ।

लोकतन्त्रमा हरेक नागरिकले जिम्मेवार निकायमा रहेकाहरुलाई प्रश्न सोध्ने हैसियत र तागत राख्छ भन्ने न्यूनतम ज्ञान समेत नरहेका वास्कोटाले प्रश्न नै गर्ने कर्म भएका एक जना पत्रकारलाई उनले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द गर्न आदेश दिनुले मन्त्री वास्कोटा सहित केपी ओली नेतृत्वको सरकारको नियत पनि उदाङगिएको छ। प्रश्न गर्ने जनताको प्रतिनिधी पात्रको रुपमा रहेका थापाले सञ्चालन गर्ने कार्यक्रम बन्द गराएर मन्त्री वास्कोटा र केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाएको छ। यो घटनाले सरकार अधिनायकवादको यात्रातर्फ उद्यत भएको प्रष्ट भएको छ।

केहि दिन अघी सरकारको नेतृत्व गरेको नेकपाकै सांसद नविना लामाले हाम्राकुरा डटकमको कार्यालयमा गुण्डाहरु पठाएर समाचार मेटाउन धम्की दिएको घटनापछि नेकपाकै नेता तथा मन्त्री वास्कोटाले सञ्चारकर्मीको

कार्यक्रम वन्द गर्न गरेको ठाडो हस्तक्षेपले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर अवस्थामा पुगेको पुष्टी गरेको छ। आवरणमा लोकतन्त्र भएपनि सरकार निरंकुशतातर्फ अघी बढेको यि घटनाहरुले पुष्टी गरेको छ। आम सञ्चारकर्मीको अधिकार रक्षाका लागि समेत क्रियाशिल हुनुपर्ने मन्त्री आफै सञ्चारकर्मीको कार्यक्रम बन्द गर्न निर्देशन दिदै हिड्नुले जो अगुवा उही बाटो । जस्तो भएको छ।

नेपाल प्रेस युनियन मन्त्री वास्कोटाले कार्यक्रम बन्द गर्न नेपाल टेलिभिजनलाई दिएको निर्देशनको घोर भत्सर्ना गर्दै तत्काल प्रस्तोता थापाको कार्यक्रम ‘सिधा प्रश्न’ सुचारु गर्न माग गर्दै आम सञ्चारकर्मीलाई स्वतन्त्र र भयरहित वातावरणमा सञ्चारकर्म गर्न पाउने वातावरण मिलाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा मन्त्रालय र सरोकारवाला निकायसँग जोडदार माग गर्दछ।
धन्यवाद।

अजयबाबु शिवाकोटी
महासचिव