समाचार

काँग्रेस राष्ट्रियसभा प्रमुख सचेतकमा प्रसाईं

काठमाडौँ । राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित भएकी छन् ।

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको जनाएका छन् ।