अन्तर्राष्ट्रिय

किम र ट्रम्पले रचे इतिहास (फोटोफिचर)

काठमाडौं । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो अवसर हो। सिंगापुरको एउटा होटलमा दुई नेताबीच बहुप्रतीक्षित भेटवार्ता भएको हो।

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित एउटा होटलमा शिखर वार्ताका लागि पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनले मुस्कुराउँदै हात मिलाएका थिए।
एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालय जानुअघि दुई नेताले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए।
एक्लाएक्लै वार्ता लगत्तै शुरू अर्को वार्तामा दुई देशका उच्च अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल सहभागी भए।
दुई नेताहरूले एक्लाएक्लै वार्ता शुरू गर्नुअघि ऐतिहासिक रूपमा हात मिलाएको दृश्य टेलिभिजनमा हेर्दा दक्षिण कोरियाली नागरिकहरू हर्षित देखिएका थिए।
कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सेन्टोसा टापुस्थित काम्पेला होटल पुगेका थिए।
किम जङ(अन चढेको कार अघि पछि दौडिने गरेका उनका अङ्गरक्षकहरूबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा भइरहेको छ।
ट्रम्प र किमबीचको ऐतिहासिक शिखर बैठकका लागि एक करोड ५० लाख डलर खर्च हुने सिंगापुर सरकारले जनाएको छ। सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ।
शिखर बैठकका लागि काम्पेला होटलले विशेष साजसज्जा गरेको विवरणहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका छन्। -विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा