खेलकुद

ब्राजिलले अष्ट्रियालाई हरायो

काठमाडौं । रुसमा हुन गइरहेको विश्वकप फुटबल अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई हराएको छ । अष्ट्रियाको भिएनामा गएराति भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ३(० ले हराएको हो । खेलमा ब्राजिललाई विजयी गराउन ग्याब्रिएल जिसस, नेईमार र फिलिप कौटिन्होले एक एक गोल गरे ।

जितसँगै ब्राजिलले शानदार लयका साथ विश्वकप अघिका मैत्रिपूर्ण अभ्यास खेलहरु सकाएको छ । सन् २०१७ को जुन यता अपराजित रहेको ब्राजिलले लगातार १० खेलको अपराजित श्रृंखला कायम गरेको छ । सन् २०१६ मा टेटेले पशिक्षण समालेयता ब्राजिलले खेलेका २१ खेलमध्ये १६ वटामा गोल खाएको छैन ।

रुसमा यही बिहीवार सुरु हुने विश्वकप फुटबलमा ब्राजिल समुह ई मा कोष्टा रिका, सर्विया र स्विट्जरल्यान्डसँगै रहेको छ । -एजेन्सी