आर्थिक

सनराइजको नयाँ शाखा चन्द्रनिगाहपुरमा

काठमाडौं । सन्राइज बैंकले रौतहटको चन्द्रनिगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालय सोमबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक विरगंजका निर्देशक रबिन्द्र महर्जन, बैंकका संचालकद्धय ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा उद्घाटन गरे ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ ।

साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।