मनोरञ्जन

‘आफनो पन’ बजारमा (भिडियो)

काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा रहेका मौलिक भाकाहरुलाई जगेर्ना गर्ने क्रममा मौलिक भाका आफ्नो पन बजारमा आएको छ । मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धु सगरमाथा अनलाईन रोधी घरको लोक दोहोरी गीत ‘आफनो पन’ बजारमा आएको हो ।

गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आइरहेको अवस्थामा मायामा हुने धनसम्पती प्रति देखाउने ब्यावहारलाई गीतमा देखाइएको छ ।

गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो । मनमा जस्तो सुकै पिडा भएपनि त्यो पिडालाई भुलेर हासेर बाच्न सकिने कुरा गीतमा ब्यक्त गरिएको छ ।

प्रयत्न कुमारको शब्द सिर्जना तथा प्रेम रावतको मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको कारण सर्वोकृष्ट बनेको गायक प्रेम रावतले बताए् ।

मुकेश हुमाँँगाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् । “आफनो पन ” भिडियोमा प्रकाश सपुत र आशा खड्काको अभिनय रहेको छ । गीतको भिडियोलाई बविता पुरीले निर्देशन गरेकी छन् ।
भिडियोः-