मनोरञ्जन

रक्षा नेपाल की अध्यक्ष मेनुका थापा विवादमा (भिडियो)

काठमाडौँ । बिगत १५ बर्षदेखी महिला यौन हिंसा र अत्याचारमा परेका महिलाहरुलाई संरक्षण गर्दै आएको सामाजिक संस्था रक्षा नेपाल र संस्थाको अध्यक्ष मेनुका थापा यतिबेला विवादमा तानिएका छन । सामुहिक बलात्कार पिडित पुजा बोहोराले पत्रकार सम्मेलन नै गरि आफु ८ बर्षसम्म बसेको रक्षा नेपालमाथि विभिन्न आरोप लगाएपछि यो बिषय यतिबेला आरोप-प्रत्यारोप पश्चात उत्कर्षमा पुगेको छ।

विगत ८ बर्षदेखी रक्षा नेपालको आश्रयमा बस्दै आएकी पूजा बोहराले आफूमाथि फेरी पनि नर्कको जीवन जिउन रक्षा नेपाल नजाने बताएकी छिन। पूजाले पटकपटक रक्षा नेपालमा फर्किन प्रयास गरेतापनि सडकमा पुर्याउने रक्षा नेपालमा भुलेर पनि नफर्कने बताएकी हुन्।

आइजीपी सर्वेन्द्र खनालले दिएको ५ हजार नगद सहयोग समेत रक्षा नेपालले दुरुपयोग गरेको पूजाले आरोप लगाएकी छिन । आफुलाई कुनै रहर नभएतापनि न्यायका लागि रक्षा नेपालसँग लड्न आफू बाध्य भएको उनले बताएकी छिन् । रक्षा नेपालको कानुनि सल्लाहकार स्वागत नेपाल समक्ष आफूमाथि भएको अन्याय र अत्याचार बारेमा बताउदा समेत उहाँले सहयोग गर्न इन्कार गरेको उनले बताईन।

पुजा बोहोराले आफु कानुनको बिद्यार्थी भएको हुँदा कसैको उक्साहटमा नभई रक्षा नेपालले गरेको अन्याय र अत्याचार विरुद्ध लड्नको लागि पत्रकार सम्मेलनमार्फत संस्थामा अरुले बाहिर ल्याउन नसकेको कुरा आफु प्रतिनिधि बनेर बाहिर ल्याएको बताएकी छिन।

पुजाले आफु संस्थामा बस्दा सँगै रहेको साथि प्रिनम शर्माको दाजु तथा समाजसेवी प्रदीप घिमिरेको संरक्षणमा राजीखुशी बसिरहेको बताइन् । उनले मेनुका थापाले आफूलाई मानसिक समस्या भएको भनी लगाएको आरोपमा कुनै सत्यता नभएको समेत उल्लेख गरिन् ।