प्रवास

क्षमता विकासमा सहयोग गर्ने कोरियाका राजदुतको प्रतिबद्धता

धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षा र स्वास्थ्यमा क्षमता विकाशमा लागि दक्षिण कोरियाले सहयोग गने दक्षिण कोरियाका राजदुत पार्क यङक–सिकले प्रतिबद्धता जनाएका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरु संगको भेटघाट तथा छलफल कार्यक्रममा सिकले मानवस्रोतको क्षमता विकाशका लागि सहकार्यको अपरिहार्यताको विस्तृत योजना आए दक्षिण कोरिया सहयोग गर्न तयार रहेको बताए ।

प्रतिष्ठानका तर्फबाट निर्देशक गौरी शंकर शाहले भौतिक निर्माणमा सहयोग गर्न आग्रह गरे पनि सिनले भौतिक संरचना निर्माण गर्ने कार्यक्रमहरु अहिले सम्म नगरेकाले क्षमता विकाशमा सहयोग गर्न सकिने उनको भनाई छ ।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट निर्देशक शाहले प्रतिष्ठानले गरेका कार्यहरु र आवश्यक्ताको विषयमा जानकारी गराउनु भएको थियो । छलफल पश्चात राजदुत सिनले आफ्नो चिनो स्वरुप प्रतिष्ठान परिशरमा फुलको बिरुवा रोप्नु भएको छ ।