आर्थिक

अन्ततः सरकार पछि हट्यो

काठमाडौं । लगानीकर्ताको व्यापक विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको हो ।

लगानिकर्ताले सरकारी निर्णयको व्यापक विरोध गर्दै कारोबार नै ठप्प पारेका थिए । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाउदैँ अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने बताएको् छ ।

अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने ‘पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पँुजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएका छौं । ‘

सेयर बजार लगानिकर्ताहरुले बुधबार धितोपत्र बोर्ड नै घेराउ गरेपछि सरकार निर्णबाट पछि हट्न बाध्य भएको छ । उता ब्रोकर कम्पनिहरुले भने मंगलबार कारोबार ठप्प पारेका थिए ।