कुराकानी

माओबादीले मान्छे काट्छ, बलजफ्ती फाँसिवाद लाद्छ: केपी शर्मा ओली, प्रधानमन्त्री (कुराकानी)

पछिल्लो राजनीतिक घटनाक्रमा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा स्थापीत छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्बाचनमा पहिलो स्थान हाँशिल गर्न सफाल भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो स्थान हाँशिल गर्न सफल माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहालको पार्टी एमाले र माओबादी केन्द्रबीच पार्टी एकता भएको छ । ०६२/६३ सालको जनआन्दोलन ताका कहिले बयल गाढा चढेर अमेरिका पुग्न नसकिने अभिब्यक्ती दिने, त कहिले तत्कालीन माओबादीको तीब्र बिरोध गर्ने नेताका रुपमा सूपरिचित तत्कालीन नेकपा एमालेका स्थायी कमिटी सदस्य एबं प्रभाबशाली नेता केपी शर्मा ओलीसंग समुन्नत नेपाल पब्लिकेशनद्वारा प्रकाशित समुन्नत नेपाल मासिकले २०६६ साल आश्विन अंकमा प्रकाशित गरेको अन्तरवार्ता समसामायीक लागेर हामीले पुनः प्रकाशित गरेका छौं । पछिल्लो समयमा तीब्र बिरोध गरेको मान्छेसंग कसरी एउटै कुर्शीमा बसेर काम गर्न सकिदो रहेछ त्यो अध्यक्षद्वयलाई नै थाहा होला, राजनीतिकबृतमा कसैले सामान्य कम्युनिष्ट एकता भनेका छन्, त कसैले अपबित्र गठबन्धनको एकता भन्ने टिप्पणी गरेका छन् । पार्टी मिलेका छन् जेट बिामान चलाएका भनेर दुबै नेताले जनतासामु दाबी गरेका छन् । त्यसबेला बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको माओबादी केन्द्रप्रतिको धारणा कस्तो थियो त पढ्नुस पुरा अन्तरवार्ता:

१. एमाले भित्र देखिएको टकराव के हो ?
-टकराव खासै होइन, पार्टी भित्र भएका स्वेच्छाचारिता र वेथिती रहनु हुदैन, विधि अनुसार पार्टी चल्नुपर्यो, पार्टीका औपचारिक र आधिकारिक संस्ताहरुको निर्णय मान्य हुनुपर्यो भन्ने विषयमा सामान्य विवाद मात्र चलेको हो ।

२. तपाईले पार्टी अध्यक्षलाई कारवाही गरेर देखाउन दिनुभएको चुनौती के हो ?
-मैले चुनौती दिएको होइन, पार्टीहित विपरित काम गर्ने जुनसुकै तहका र जोसुकैलाई पनि कारवाही हुन्छ, अध्यक्षको कारबाही गर्छु भन्ने भनाई मनाशिब हो ।

३. उपत्यका समन्वय कमिटी विवाद को बारेमा बताइदिनुहोस न ?
-झलनाथ खनालजीहरुले निकाल्नुभएको वखेडा हो, निर्वाचन कमिटी छदैछ, निर्वाचन प्रकृयाबाट कमिटीहरु बन्छन् ।

४. तोकिएकै समयमा नयाँ संविधान बन्ला जस्तो लाग्छ त यहाँलाई ?
-तोकिएकै समयमा संविधान बन्नुपर्दछ । समयमा संविधान बनाउन नदिने खेल माओवादीले मात्र गर्न सक्छन् । माओवादीले हरेक क्रियाकलाप र काम गराईको तरिका हेर्दा उनीहरु बलजफ्ती फाँसिवाद लाद्ने मनसायमा छन् । विभिन्न वहाना देखाउन्छन्, तमासा देखाउछन् तर सबैपक्ष मिलेर संविधान बनाउनेतर्फ लाग्नुपर्दछ र तोकिएकै समयमा संविधान बन्छ ।

५. संविधान सभाको ठूलो दल सत्ता बाहिर छ, माओवादीले त यो कठपुतली सरकारले केहि गर्न सक्दैन भनेका छन् नि ?
-माओवादीले के भन्छ, त्यो उनीहरुको कुरा हो, जसलाई माओवादीले कठपुतली भन्छ उसैले उनीहरुलाई समातेर पछार्यो । आवश्यक बहुमत यो सरकारलाई छ त्यसैलै पुरा समयसम्म रहेर नयाँ संविधान यहि सरकारले बनाउछ ।

६. तपाई त माओवादीको उग्र विरोधी भनेर चिनिनुहुन्छ नि ?
-किन त्यसो भनेको मलाइ त ताजुब लाग्छ, माओवादीले मान्छे काट्छ, नकाट भन्यो भने त्यो उग्र विरोध भयो, मान्छे कुट्नु, हातखुट्टा भाच्नु, मान्छे मार्नु, जथाभावी गर्नु जस्ता अराजक गतिविधी गर्नुचाहि उग्र भएन जसले त्यस्ता क्रियाकलापको विरोध गर्छ त्यो चाँहि उग्र भयो ।

७. त्यसो भए त्यो तपाईलाई लगाएको आरोप मात्र हो त ?
-त्यो कुरा, या त माओवादीका दलालहरुले, या त माओवादी कुप्रचारमा रुमलिएकाहरुले वा अरु प्रकारका विभिन्न बद्नियत स्वरुप चलाइएका हल्लामात्र हुन । म माओवादीलाई रुपान्तरण गर्न चाहन्छु । माओवादी सच्चिएन भने माओवादी समाप्त हुन्छ ।

८. वाईसिएल र युंथफोर्स बीचको फरक ?
-यो त प्रश्न गर्नै नपर्ने कुरा हो, वाईसिएल अशान्ति मच्चाउने जमात हो भने युथफोर्स शान्ति स्थापना गर्ने शक्ति हो । वाईसिएल एउटा वितण्डा खडा गर्ने जत्था हो भने अर्को त्यसलाई रोक्ने हो । तुलनागत रुपमा दुई वटा चित्र बनाएर तुलना गर्नै नपर्ने कुरा हो । खासगरि वाईसिएल भनेको माओवादी हो, माओवादी भनेकै वाईसिएल हो । दुई फरक फरक हुंदै होईन । माओवादीले लगाएको काम वाईसिएलले गर्दछ कसरी कस्तो खालको तुलना गर्ने ठाउँ नै छैन यसमा ।

९. संवैधानिक समितिको सभापति प्रकरणबाट माओवादी एक्लिएको हो ?
-माओवादीले संविधान बन्न नदिने कोशीस गर्छ, उसलाई विधि अन्तर्गत होईन बलजफ्त्ति सबैथोक चाहिन्छ । जसरी पनि सत्ता कब्जा गर्न उ लागेको छ । बहुमत होईन अल्पमतमा भएपनि कसैगरी उसैलाई सत्ता चाहिन्छ । झगडा गर्ने केटाकेटीले जस्तै, तोकिएकै समयमा संविधान बन्नुपर्दछ । समयमा संविधान बनाउन नदिने खेल माओवादीको हरेक क्रियाकलाप र काम गराईको तरिका हेर्दा उनीहरु संविधान बनाउन तिर लागेका देखिदैनन् । उनीहरु बदजफ्ती फाँसिवाद लाद्ने मनसायमा छन् ।

बेतुकको कुरा गर्छन् । संबैधानिक समितिको सभापति निर्वाचन प्रकृयाबाट बहुमत सदस्यको भोटबाट चयन भएको हो । यसमा माओवादीको पक्षमा मत पुगेन तरपनि उ वेतुकका कुरा गरिरहन्छ । यो उसको नियत हो । उसले नाटक गर्न जानेको छ, नाटक गर्छ, बकवास कुरा गर्छ । एक्लिएको होइन जसरी पनि सहमतिमा आउनै पर्दछ ।

१०. माओवादीले जनअदालत गठन गरेको कुरा बाहिर आएको छ नि ?
-कहाँको जनअदालत हुनु, शब्दकै दुरुपयोग हुन्छ ।

११. अन्तमा तपाईले भन्नुपर्नै कुरा केहि छ कि ?
-वर्तमान अवस्थामा सबै गम्भिर हुनुपर्दछ । सानातिना संर्किण स्वार्थ एवं आ–आफ्ना अहंकार र जिद्धिमा कुद्ने होइन । समयको माग अनुसार देश र जनताका समस्या समाधान गर्नेतर्फ सबैपक्ष गम्भिर भएर लाग्नु पर्दछ । उपयुक्त विकल्प र बाटो यहि मात्र हो, अरु केहि छैन । एकआपसमा झगडा गरेर देश र जनतालाई फाइदा पुग्दैन वार्ता र सहमतिमा अगाडि बढ्नुपर्छ । मेरो यही भनाइ हो सबै पक्षलाई ।