प्रवास

यस्तो गरेपछि कतारमा एक नेपालीलाई मृत्युदण्ड

काठमाडौं । कतारी नागरिकको हत्या आरोपमा कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाईएको छ । त्यहाँको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको प्रवासी सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमजालनी अल नाउइमीको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला औरही घर भएका अनिल चौंधरीलाई सोमबार मृत्युदण्डाको सजाय सुनाएइएको छ । उक्त अदालतका न्यायाधीस मुस्तफा अल वेदाहेवी सहितको संयुक्त इजलासले चौधीलाइ मृत्युदण्डको सजाय सुनाएको छ ।

एक कम्पनीमा सामान्य लेवरको रुपमा कार्यरत रहेका चौधरी गतबर्षको अप्रिल १७ मा हत्या आरोपमा समातिएका र्थि । त्यहाँस्थित नेपाली दुतावासले उनको जीवन रक्षाको लागि अदालतलाइ अपिल गरेका छन् ।