मनोरञ्जन

मिस्टर आरजेको ‘कुर्कुरे बैँस’ भर्खरै बजारमा (भिडियो)

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका र्‍यापर राजेन्द्र भट्ट उर्फ मिस्टर आर जे ले कुर्कुरे बैँश बोलको गीत बजारमा ल्याएका छन् । सामाजिक सञ्जाल युट्युबमार्फत गीत आईतबार रिलिज गरिएको हो ।

मिस्टर आरजे को र्‍यापमा रहेको गीतको भिडियो मिस्टर आर जे नामको युट्युब च्यानलमा उपलोड गरिएको छ । गीतमा अन्जली अधिकारी र सिवेशलाई फिचरिङ गरिएको छ । यो समाचार तयार पार्दासम्म गीतलाई २ हजार पटक हेरिएको छ ।

मिस्टर आर जे ब्याक टु ब्याक हिट गीत बजारमा ल्याईरहेका उदीयमान र्‍यापर हुन् ।

भिडियो:-