पर्यटन/संस्कृति

युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छ – पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताएका छन् ।

साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको साहित्य, कला, संस्कृति, भाषा, रहनसहन, पुर्खाको योगदान, भौगोलिक अवस्था र विविधताका दृष्टिले समृद्ध भएको हुँदा यसबारे युवा पुस्तामा पर्याप्त जानकारी हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

पूर्वराष्ट्रपति डा यादवले भने, “तराईका जनतालाई हिमाल र पहाडको तथा हिमाल र पहाडका जनतालाई तराईको विविधता र संस्कृतिबारे जानकारी गराउनुपर्दछ, धेरै युवा पुस्तामा मुलुकको भौगोलिक अवस्था, विविधता र पूर्वजको योगदानबारे सामान्य जानकारी समेत नरहेको देखिन्छ । प्रकृति र पर्या पर्यावरण संरक्षणमा समेत अव युवापुस्तालाई संलग्न गराउनु पर्दछ ।”

सो अवसरमा हास्यव्यङ्ग्य साहित्यमा विशिष्ट योगदान पु¥याएबापत रमेश खकुरेललाइ रु ५० हजार राशिको कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार तथा मुलुकको शिक्षा क्षेत्रको उन्नयनमा विशिष्ट योगदान दिएबापत काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मालाई कदरपत्रसहित सम्मान गरियो ।

समारोहमा प्रतिष्ठानकातर्फबाट नेपाली भाषाको संवद्र्धन र अनुसन्धानमा योगदान पु¥याएबापत लेखक पार्थमणि भट्टराईलाई पनि सम्मान गरियो ।

सो अवसरमा संस्कृतिविद् सत्यमोहन जोशीले प्रजातन्त्रका योद्धा कुलचन्द्र कोइरालाले विश्वमै बेग्लै खालको वैभवशाली संस्कृति बोकेको इन्द्रजात्राको संस्कृतिसम्बन्धी अनुसन्धान गरेर नेपाल र नेपालीलाई ठूलो गुन लगाउनुभएको भनी प्रशंसा गरे ।

सम्मानित व्यक्तित्व प्रा डा शर्मा र भट्टराई तथा पुरस्कृत व्यक्तित्व खकुरेलले स्व कोइराला नेपाली संस्कृति र शास्त्रीय परम्पराबीचको तालमेलको खोज, अनुसन्धान र हास्यव्यङ्ग्य विधामा निकै पोख्त हुनुहुन्थ्यो भने ।

सो अवसरमा पूर्वराष्ट्रपति यादवले कुलचन्द्र कोइराला प्रतिष्ठानद्वारा रजत जयन्तीका अवसरमा प्रकाशित दीपक स्मारिका र कोइरालाका जीवनगाथा र योगदान समेटिएको ‘स्मृति र दृष्टि’ नामक पुस्तक लोकार्पण गरे ।

प्रतिष्ठानका सचिव जीवनचन्द्र काइरालाले प्रतिष्ठानले नेपाली संस्कृति, कला र साहित्यको प्रवर्धनका लागि हालसम्म विभिन्न स्रष्टाका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको जानकारी दिए ।