सामाजिक सञ्जाल

अर्काको फेसबुक ह्याक गरेर जथाभाबी सेयर र पोष्ट गरेमा……( सेयर गरौं)

रजिना माझी/ काठमाण्डौ आजको हाम्रो समाज साईबर क्राईम निकै नै बढ्दो क्रममा छ । जो कोहिले पनि आफनो मर्यादा पार गरि कसैको स्विकृति विना अरुको फेसबुक आईडी ह्याक गरेर चलाउने, जथाभावी प्रयोग गर्ने अनि नराम्रा कुराहरु पोस्ट गर्दिने जस्ता अनैतिक क्रियाकलापहरु हामी देखिरहेका, सुनिरहेका वा तपाई हामीहरुले नै भोग्दै आएका छौँ ।

यो घटना हामी सवैमा दोहोरिन सक्छ र यस्ता साईबर क्राईमरहरु दिनहूँ बढिरहेका छन् ,त्यस प्रकारका क्राईमरहरु हामीलाई थाहा हुँदा पनि हामी अनदेखा, अनसुना गर्नु त्यो हामीहरुको ठुलो गल्ति हुनसक्छ तसर्थ यो वैज्ञानिक युगमा सर्तक हुनु जरुरी छ । मलाई लाग्छ बाहिरवाट जति नै सुकै राम्रो देखिएता पनि उसको स्वाभाव भित्रवाट एउटा नराम्रो हुन सक्छ, अर्थात् जो कोही मान्छे हेर्दा बाहिरबाट सवको नजरमा अनैतिक कार्य नगर्लाजस्तो देखिन्छ तर त्यस मान्छेले नै भित्रभित्रै माकुराले जाल बुनेझैँ बुनिरहेको हुन्छ जुन हामी सामु एउटा त्यस व्यक्तिको प्रमाण छर्लङ हुँदा पनि हामी अझै पनि विस्वास गर्न सक्दैनौँ, त्यो हाम्रो एउटा भ्रमागत दृश्य पनि हो ।

त्यस्तै हाम्रै देशका सेलेब्रेटी, नायक तथा सुपरस्टारहरुकै पनि त कति फेक आईडीहरु धमाधम बनिरहेका छन्, एउटा स्टारको फेक आईडी खोल्ने र नायक तथा नायिकाको फोटोहरु पोष्ट गर्ने भईरहेको हुन्छ । त्यति मात्र नभई बहानाविद् कुराले मानिसहरुलाई फसाएर पैसा असुलेका उदाहरण पनि छन् ।

कहिले एनसेलको नामबाट त कहिले भारत तथा पाकिस्तानी जस्तो नम्वरबाट फोन गरेर हजुरको यो नम्वर लक्कि ‘ड्र’ मा परेको छ त्यसको लागि हजुरले यति रकम यो खातामा जम्मा गर्नु पर्नेछ र त्यसपछि मात्र हजुरले लक्कि ड्र भित्र परेको रकम प्राप्त गर्न सक्नुहुनेछ जस्ता शब्दहरुले कतिपय मानिसहरुलाई फसाईरहेका र फसिरहेका पनि छन् । कतिपय घटनामा संलग्न भएके आोपमा प्रहरीले कारबाही गरेको छ भने कतिपय कारबाहीको प्रकयामा भएको महानगरिय प्रहरी बृत काठमाण्डौका एसएसपी विश्वमणी पोख्रेल बताउछन् । यस्ता घटनामा धेरैजसो प्रहरीलाई निबेदन हाल्न नै पीडित नआउने सर्बसाधारणको तर्क छ ।

यस्ता कुराहरु कुरा मात्र नभई हाम्रै समाजको एउटा बिसंगती, बिकृति तथा केही क्षणको मनोञ्जनको लागि सामाजीक सञ्जालको दुरुपयोग गर्नु हो । यस्तो फोसबुक ह्याक गर्ने, ईनटरनेटको दुरुपयोग गरी साधारण नागरिकलाई तनाव दिने कार्य अर्काको दुःखमा रमाउने अरुहरुलाई सताउने जस्तो एउटा क्राईम हो, जसले मानिसको प्राण त्याग्न वा लिन सक्छ । यस्ता क्राईम सामाजिक सञ्जाल भित्र एउटा जाल झैँ फैलिएको छ । जहाँ जो कोहि पर्न सक्छ । यस साईबर क्राईममा बाट सजग हुनुपर्छ भन्ने यो एउटा सानो सन्देश हजुरहरु सामु प्रश्तुत गरेकी छु ।

पीडित र पीडकले सामाजिक सञ्जाल प्रयोग गर्दा त्यहाँ देखिएका सुरक्षाका मेनुहरु राम्रोसंग चलाउनुहोला, आफ्नो सामाजिक सञ्जालको पासवार्ड कसैलाई पनि नदिनुहोला । वा पीडकले पनि यस्ता प्रकारका कार्य गरेर सर्बसाधारणलाई पीँडा नदिनुहोला भन्न चाहन्छु । यस्तो अर्काको फेसबुक ह्याक गेमा प्रहरीले कडा कारबाही गर्ने हुंदा त्यसमा सबै सजक रहुं ।