राजनीति

उपेन्द्र यादबसहित दुई मन्त्रीलाई केहीबेरमा सपथ ख्वाउने राष्ट्रपतिको तयारी

काठमाण्डौ । संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादब स्वास्थ्यमन्त्री बन्ने भएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादबलाई र शहरी बिकास मन्त्रीमा मोहम्मद इस्तियाक राईनलाई सपथ गराउन सिफारिस गरेपछि फोरम सरकारमा जाने कन्फर्म भएको हो ।
उपप्रधान एबं परराष्ट्र मन्त्री बनिसकेका यादब संघीय समाजबादीका अध्यक्ष हुन् । आजै ५ बजे राष्ट्रपति भबन शीतल निवासमा सपथका लागी तयारी तयारी भईरहेको छ ।
प्रधानमन्त्री एबं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दहालबीच संबिधान संसोधन गर्ने सहमती भएपछि यादब सरकारमा जान सहमत भएका थिए ।