पु.समाचार

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु श्रीनिवास जेल चलान

मोरङ । हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । अर्को व्यक्ति प्रयोग गरी आफूलाई गोली हान्न लगाउने धर्मगुरु श्रीनिवासलाई बुधबार जेल चलान गरिएका हुन् ।

मोरङ जिल्ला अदालतले दिएको आदेश अनुसार उनलाई हात हतियार खर खजाना २०१९ को दफा २४ को (क) बमोजिम जेल हालिएको छ । उनीसहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलान भएका छन् ।

उनी माथि धार्मिक तथा साप्रदायिक हिंसा भड्काएको आरोप लागेको छ ।