पु.समाचार

कलंकी अन्डरपास सञ्चालनको मिति नै तोकियो

काठमाडौं । राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । अन्डरपासको ९६ प्रतिशत काम सम्पन्न भएको हो । अब ४ प्रतिशत काम मात्रै बाकी रहेको र योजनाको काम लगभग अन्तिम चरणमा पुगेको स्रोतले बतायो ।

असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ । चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्को्तिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

सांघाई कन्ट्रक्सन र सरकारबीच यही जुलाई महिनाको अन्त्यमा संघाईले अन्डरपास निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताकै मितिमा काम सम्पन्न हुने योजनाले जनाएको छ ।

२०१६ बाट अण्डरपास निर्माणकोकाम सुरु भएको थियो ।