राजनीति

बालकृष्ण ढुङ्गेल रिहाइको विरोधमा नेविसंघले भन्योः ओली र प्रचण्ड हत्यारा हुन् (भिडियोसहित)

काठमाडौं । हत्या आरोपमा जन्मकैदको फैसला सुनाईएका नेकपा नेता बालकृष्ण ढुङ्गेल रिहाइ गरिएको छ । गणतन्त्र दिवसको अवसर पारी ढुङ्गेल लगायत ८ सय बढी कैदीबन्दीलाई सरकारले कैद मिनाहा गरेको हो ।

यता, नेविसंघले भने अर्धगनग्न शरिरसहित सरकारप्रति तीब्र आक्रोशित बनेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतबाट सरर्वश्वसहित जन्म कैदको सजाय पाएका बालकृष्ण बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा आम माफि दिने सरकारको निर्णयको नेपाल बिद्यार्थी संघले चरम विरोध जनाएको छ ।

ढुङ्गेललाई हत्याराको संज्ञा दिदैँ नेविसंघले अर्धनग्न शरिर सहित प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्ताहरुले सर्वसत्तावाद देखियो, न्यायको घाटी रेटियो, हत्यारा छोड्न पाईदैन, ओली सरकार, निरङ्कुश कम्युनिष्ट सरकार मुर्दावाद, नेविसंघ जिन्दावाद लगायत नारा लेखिएका पोष्टरकार्डहरु सहित प्रदर्शन गरेका छन् ।

यसैबीच, नेविसंघ अध्यक्ष नैनसिंह महरले ओली र प्रचण्डलाई हत्याराको संज्ञा दिएका छन् । २०२८ सालमा निर्दोष किसानको टाउको छिनाएर केपी ओली राजनीतिमा उदाएका र प्रचण्डले १७ हजार मानिसको रगतसँग खेलवाड गरेको अध्यक्ष महरको आरोप छ । उनले संसारको कुनै पनि कम्युनिष्टले रगतसँग खेल्न मन पराउने र नेपाल कम्युनिष्ट पनि त्यसमा कम नरेको बताएका छन् । उनले ओली सरकार अधिनायकवाद तर्फ अघि बढेको प्रष्ट देखिएको आरोप लगाएका छन् ।

द्धन्दकालमा निर्दोश नागरिकको हत्यागरी माओबादीमा लागेका बालकृष्ण ढुंगेललाई शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए । चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई माफी मिलेको छ र जेलबाट छुटेका छन् । ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो । ढुंगेलसँगै अन्य ८१६ कैदीले समेत माफी पाएका छन् ।

भिडियो:-

https://youtu.be/aijpDEWmr0s