तस्विरहरु

तस्बीरमा हेर्नुहोस् गणतन्त्र दिवस(फोटोफिचर)

काठमाडौं । मंगलबार देशभर गणतन्त्र दिवस भव्यताका साथ मनाईएको छ । तस्बीरमा हेर्नुहोस् गणतन्त्र दिवस् :-

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्दै । तस्बिर:- रोशन सापकोटा, रासस
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर: रत्न श्रेष्ठ, रासस
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा परम्परागत बौद्धधर्म संघले ब्यानरसहित सहभागिता जनाउँदै । तस्बिर:- रत्न श्रेष्ठ, रासस
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा मध्यपुर थिमिनगरपालिकाको तर्फबाट अष्टमातृका नाच प्रस्तुत गर्दै कलाकार । तस्बिर:- रत्न श्रेष्ठ, रासस
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा पशु सेवा विभागले आकर्षक झाँकी प्रस्तुत गर्दै । तस्बिर: रत्न श्रेष्ठ, रासस
गणतन्त्र दिवसका अवसरमा प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा मंगलबार बुटवलमा निकालिएको प्रभातफेरी । तस्बिर:- भरत केसी, बुटवल, रासस