प्रवास

भुपेन्द्रको “अरु संग हास्दै बोल म सँग रिसाए पनि” बजारमा

काठमाडौं । युवा उदीयमान गीतकार भुपेन्द्र न्यौपानेको “अरु संग हास्दै बोल म सँग रिसाए पनि” बोलको गीतको अडियो सार्वजनिक भएको छ । हाल अमेरिकामा बस्दैँ आएका गीतकार न्यौपाने नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्याउदैँ आएका हुन् ।

न्यौपाने अमेरिकास्थित गीतसंगीतको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दैै आएका छन् । अहिले अडियो मात्रै सार्वजनिक भएको र केही दिनमै भिडियो पनि सार्वजनिक गरिने न्यौपानेले हामीलाई बताए । गीतको भिडियो खिच्ने काम भईरहेको उनले बताए ।

सकेसम्म भिडियो अर्को हप्ताभित्रै सार्वजनिक गर्ने गरी काम भईरहेको उनले बताए ।