सामाजिक सञ्जाल

भाग १७१ लाई लिएर उठाईएको बिषयप्रति भद्रगोल टिमको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालमा सबैभन्दा बढी रुचाईएको हास्य टेलिसिरियल भद्रगोलको टिमले भद्रगोलको एउटा नयाँ पात्रलाई लिएर केही व्यक्ती तथा समूहले उठाएको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार भद्रगोलको आधिकारिक फेसबुक पेजमार्फत उक्त बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

भद्रगोलको आधिकारिक फेसबुक पेजमा लेखिएको कुरा जस्ता त्यस्तैः-

धेरै संघर्षको बावजुत पनि सबै समुदायको दर्शकहरुको मायाको कारण आज हामी यो स्थानमा आइपुगेका छौँ, त्यसका लागि हामी सम्पूर्ण दर्शक प्रती हार्दिक आभार प्रकट गर्दछौँ । हामीले हाम्रो समाजका अनेक बिकृती र बिसङ्गतीलाई कथामा उतारेर उजागर गर्ने गरेको कुरा सबैमाझ जगजायर नै छ ।

भाग १७१ मा हामिले सुन तस्कर सम्बन्धी कथा बनायका थियौँ, जस मध्य एक बिचौलिया को भूमिका मा हामीले अघिल्लो भाग देखी नै तमाङग भाषा बोल्नु हुने चरित्र लाई खेलाएका थियौ र कथाको अन्त्य मा मुख्य सुन तस्कर भनेर अन्य कुनै पात्र मार्फत देखायका थियौ जस अनुसार सुन तस्कर को मुख्य भूमिका कलाकार पुरुषोत्तम आचार्यले निर्वाह गर्नुभएको थियो ।

तामाङ भाषा र समुदाय प्रती सकारात्मक सन्देश दिनकै लागि हामीले कार्यक्रममा पहिले पनि तामाङ भाषाको गीतको बिषयमा कथाहरु प्रस्तुत गर्दै आएको कुराको ईतिहास साक्षी छ । लोडसेडिङ अन्त्यका मुख्य अभियानता आदरणीय कुलमान घिसिङको महान कामको उच्च मुल्याङ्कन गर्दै उहाँ प्रती हामीले भद्रगोलको पुरा एक भागनै निर्माण गरेका थियौँ । नराम्रा कुराहरु प्रती गाली गरी रहँदा राम्रा कामहरुमा स्यावासी दिने र हौसला दिने संस्कारको पनि बिकास गर्ने हो कि ?

तामाङ भाषा भद्रगोलमा प्रयोग गर्नुको उदेश्य कुनै जाती समुदायलाई आघात पार्ने भन्दा पनि बिस्तारै हरेक भाषा र संस्कृतिको उत्थान गर्दै जाने थियो, जसअन्तर्गत भाग १७० देखी नै हामी ले तमाङ भाषी कलाकार लाई समाबेश गरेका छौँ । हामीले कुनै जाती समुदाय प्रती कुनै किसिमको नकारात्मक धारणा राखेका छैनौँ र राख्ने पनि छैनौँ ।

हामी समाजमा भएका बिसङ्गती लाई कथा मार्फत उजागर गर्ने साथै प्रतक्ष्य र अप्रतक्ष्य रुपमा बिभिन्न सामाजिक कार्यहरुमा संलग्न पनि हुँदै आईरहेका छौँ । यो देश हामी सम्पूर्ण नेपालीहरुको साझा फुलबारी हो, यहाँ बोलिने हरेक भाषा, संस्कृतीहरुको जगेर्ना हुनु पर्छ भन्ने हाम्रो मान्यताको एउटा उधाहारण भद्रगोलमा प्रयोग गरिने तमाङ भाषा पनि हो । कलाकारले गरेको अभिनयलाई केवल अभिनयको रुपमा मात्र लिएर हामीप्रति कुनै गलत धारणा नबनाईदिनुहुन बिनम्रतापूर्वक अनुरोध गर्दछौँ ।

महान उदेश्यले केही काम गर्न खोज्दा त्यसलाई गलत अर्थ लगाइ तामाङ समुदायका केही साथीहरुले “नाक चुच्चेहरुले हामी लाई हेप्यो” भन्ने जस्ता अभिब्यक्तिहरु दिनुभएको देख्दा,

– भुकम्प पश्चात गिरानचौरमा बस्ती बस्नु पर्छ भनेर रात दिन लडीरहेको दिनको याद आइरहेको छ ।
– सोही तामाङ बस्ती बन्नुपर्छ भनेर पहल गर्दै अस्ट्रेलियाबाट पैसा उठाएर ल्याई तामाङ बस्तीको लागि सहयोग गरेको दिन पनि झलझली सम्झिरहेका छौँ ।
– भुकम्प पश्चात तहस–नहस भएको नुवाकोटको ठुलोचित्रेको तामाङ बस्तीका बाल–बालिकाले पढ्न पाउनुपर्छ भनेर आँफै रात दिन खटेर बिद्यालय बनाएको दिन पनि कहाँ बिर्सन सकेका छौँ र रु
– केही साथीहरुले गुम्बा निर्माणको लागि सहयोग गर्नुपर्यो भन्दा यस्तो पवित्र काममा किन सहयोग नगर्ने भनेर बिभिन्न ठाउँमा कार्यक्रम हरु गर्न गएको दिनका यादहरु पनि हाम्रो मानसपटलमा अझ ताजै छ ।
अब भन्नुहोस् हामी कसरी तमाङ बिरोधी भयौ रु
हाम्रो लागि हरेक जाती, समुदायहरु उत्तिकै प्यारा र महत्वपूर्ण हुनुहुन्छ ।

राम्रो उदेश्यले तामाङ भाषा प्रयोग गर्दा यस्को गलत अर्थ लाग्नगई कुनै समुदाय प्रति आघात पर्न गएकोमा हामी क्षमाप्राथी छौँ । साथै यसै बिषय लाई लिएर सामाजिक संजालमा लेखिएका स्टाटस र एकदमै निच किसिमको गाली र ज्यान मार्नेसम्मको धम्कीसपूर्ण कमेन्टहरुप्रति भद्रगोल टीम खेद प्रकट गर्दछ ।

हामी हरेक जात–जाती, समुदायको उथ्थान को लागि आएका सकारात्मक सुझाबहरुलाई आत्मसाथ गर्दै कार्यक्रमको आगामी श्रृंखलाहरुमा समावेश गर्दै जाने कोसिस गर्नेछौँ भन्दै तपाईहरुको निरन्तर माया, सल्लाह, सुझाब र प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।

पुनस्च स्तामाङ भाषा प्रयोग गर्दा यस्को गलत अर्थ लाग्नगई कुनै समुदाय प्रति आघात पर्न गएकोमा हामी क्षमाप्राथी छौँ । र आगामी दिन हरु मा तामाङ्ग् भाषा र संस्क्रिति को उत्थान का लागि तामाङ्ग् समुदायका दिग्गज हरु सङ्ग समन्वय गरी अघी बढ्ने छौ।

नेपाल मा बोलिने हरेक भाषा हरु को प्रचार गर्नु हाम्रो कर्तब्य हो किन कि नेपाल मा बोलिने हरेक भाषा हरु हाम्रा साझा भाषा हरु हुन। अन्त्यमा हामी जुनसुकै जात–जातीको भएपनि हामी सबै नेपाली हौ, त्यसैले जातियता हैन मानवताको कुरा गरौँ, नेपाली को कुरा गरौँ । जय नेपाल ।