राजनीति

सरकारलाई सिटौलाको प्रश्नः विप्लव आतङ्कको समाधान के ?

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारलाई विप्लव आतङ्कबारे प्रश्न उठाएका छन् । विप्लव विद्रोहको मारमा जनता पर्ने खतरा रहेको औल्याउदैँ नेता सिटौलाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पछिल्लो समय विप्लवका हिंसात्मक गतिविधी बढेको भन्दै विप्लवको आतङ्क रोक्न सरकारको योजना केछ भनी प्रश्न गरे ।

यसबारे हालसालै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको बताए । भेटमा भएको कुराकानी पत्रकारहरुलाई सुनाउदैँ उनले भने, विप्लव विद्रोहको राजनीतिक समाधान के हो ? प्रशासनिक समाधान के हो ? सरकारले समयमै ध्यान देओस् ।’

विप्लवलाई भेटे यसबारे सुझाउने बताउदैँ नेता सिटौलाले भने, ‘संयोगले भेट भयो भने म विप्लवलाई पनि भन्छु, यो बाटो नहिड्नुस् र व्यवस्थाको विरोध शान्तिपूर्ण रुपमा गर्न पाइन्छ ।’

वर्तमान सरकारले नीतिगत अराजकताको संकेत गरेको आरोप समेत लगाएका छन् ।

सबैलाई मिलाएर विकास र समृद्धितिर ध्यान दिनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताउदैँ नेता सिटौलाले एमाले र माओवादी केन्द्रको एकता र वर्तमान सरकार सफल होस् भन्ने शुभेच्छा समेत प्रकट गरेका छन् ।