आर्थिक

सनराइज बैंकलाई केयर रेटिङ्ग्स नेपालद्धारा “ए” ईस्यूवर रेटिङ्ग प्रदान

काठमाडौं । सनराइज बैंकलाई रेटिङ्ग्स द्घारा “ए” ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ । “ए” रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ ।

केयर रेटिङ्ग्स नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई एक कार्यक्रमका माझ उक्त “ए” रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरे ।

बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गरेको बैंकले जनाएको छ । आगामी दिनहरुमा पनि बैंकले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा बैंक अझै प्रतिबद्घ छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ६० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।