राजनीति

तरुणदल सभापतीलाई तत्काल रिहाईको माग, रिहा नगरिए आन्दोलनमा उत्रने कांग्रेसको चेतावनी

ईटहरी । नेपाली कांगुसले पार्टी निकट भातृसंगठन तरुणदलका सभापतीलाई तत्काल रिहाईको माग गरेको छ । राजनीतिक प्रतिशोध साध्नका लागि सुनसरीका सभापती सिजन गुरुङलाई तत्काल रिहाईको माग गरेको हो ।

महासमिति सदस्य समेत रहेका गुरुङलाई अनेक जालझेल गरी फसाईएको भन्दै कांग्रेसले गम्भीर आपत्ती प्रकट गरेको छ । सिमा र भाडाको बिषयलाई लिएर गुरुङलाई फसाईएको प्रति पार्टीको आपत्ती रहेको कांग्रेसको भनाई छ ।

स्थानिय तीर्थकुमारी गिरीको १० धुर जग्गाको सिमा र भाडाको बिषयमा स्थानिय प्रशासनमा छलफल भई सभापती गुरुङलाई शुक्रबार पक्राउ गरेर थुनामा राखिएको छ ।

सभापतीलाई मध्यरातमा पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह बाहेक अरुथोक नभएको नेपाली कांशेसको निष्कर्ष छ ।

एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस सुनसरीले भनेको छ, गुरुङले गत शुत्रवार मात्र तरहरामा भएको उक्त जग्गाको विवादमा न्याय पाउ भनी जिल्ला प्रशासन सुनसरीमा अपिल गरेको अवस्थामा प्रहरीले झुटोमुद्धा लगाउँन धरपकट गरेको छ, काग्रेस जिल्ला सभापति राजिब कोईरालाद्धारा हस्तक्षरीत विज्ञप्तीमा भनिएको छ, गुरुङलाई निसर्त नछोडिए काग्रेस चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गुरुङलाई जग्गा पिडितपक्षलाई कुटपिट गरेको आरोप लागेको छ ।