स्वास्थ्य

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा रक्तदान

काठमाडौँ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) को अवसरमा सगरमाथा आरोही संघले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सगरमाथा आरोही स्वर्गीय प्रकाश दाहाल र सम्पूर्ण दिवंगत आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गरे ।
बिहान ७ बजेदेखि शुरु भएको एकदिने रक्तदान कार्यक्रममा ११ बजेसम्म करीब एक सय जनाले रक्तदान गरिसकेका छन् । सो अवसरमा अध्यक्षले नेपाललाई संसारमा चिनाउने सगरमाथाको अझै प्रचार–प्रसारको आवश्यकता औँल्याए।

संघकी अध्यक्ष माया शेर्पाले संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिए ।