पर्यटन/संस्कृति

काठमाडौंंमा केवलकार सञ्चालनमा ल्याईदैँ, प्रदुषणमुक्त शहर बनाउन बरदान सावित हुने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलकार सञ्चालनमा ल्याउने भएको छ । केवलकार निमार्णका लागि फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फ्रान्सेली कम्पनीहरु एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका थिए ।

फ्रान्सेली कम्पनीहरु केबलकार निर्माण, व्यवस्थापन र सञ्चालनका मामिलामा अनुभवी मानिन्छन । फ्रान्स सरकारले तीन करोड ४० लाख खर्चिएर तयार पारेको प्रतिवेदन नेपालका लागि फ्रान्सका राजदूत ईभ कार्मोनाले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हस्तान्तरण गरे ।

सो प्रतिवेदन अनुसार ४ वटा रुटमा केबलकार सञ्चालन गर्न सकिने भएको छ । सम्भाब्यता अध्धयनले काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखाएको छ । १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्याकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्न सकिने रिपोर्टमा उल्लेख छ । आयोजनालाई लगानी बोर्ड माफत अगाडी बढाइने सरकारले सोच बनाएको छ ।

पाइलट प्रोजेक्टका रुपमा कालिमाटीबाट बसन्तपुर-रत्नपार्क-डिल्लीबजार-भन्डारखाल-चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केबलबार रुट प्रस्ताव गरिएको छ । यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने प्रतिवेदनमा जनाईएको छ ।

प्रस्ताव अनुसारगोंगबुबाट बालाजु-सोह्रखुट्टे-कालिमाटी-बल्खु-त्रिभुवन विश्वविद्यालय र कलंकीबाट टेकु-थापाथली हुँदै रत्नपार्कसम्म र लगनखेलबाट पुल्चोक९थापाथली९रत्नपार्कसम्मको रुटमा पनि केबलबार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जुन स्टेशनबाट चढेर जहाँ ओर्लीए पनि ४० रुपैया भाडा लाग्नेछ ।

मन्त्री महासेठले सरकारले केही साताभित्र प्रतिवेदनमाथि आवश्यक अध्ययनगरी लगानी बोर्डसँग परामर्श गरिने बताए ।

प्रदुषण मुक्त शहर बनाउन केवलकार काठमाण्डौका लागि महत्वपुर्ण बरदान सावित हुनेछ । स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ । आयोजनालाई सार्वजनिक, निजी र साझेदारी बनाउन सकिने प्रस्ताव पञ्चकन्या र कालिका कन्स्ट्रक्सनसहित फ्रान्सेली कम्पनीले गरेका छन् ।