देश

कांग्रेसको क्षेत्रीय समिति विघटन

धरान । नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीको क्षेत्रीय समिति विघटन भएको छ । क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पाटी संगठनलाई नयां ढंगले सञ्चालन गर्न र सकृय साथीहरुलाई अवसर प्रदान गर्न पुनः पुर्नगठन गर्ने गरी क्षेत्रीय समितिलाई विघटन गरेको हो । क्षेत्रीय कार्यसमिति विघटन भएसंगै सबै मनोनित पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु, सल्लाहकारहरु सबै विघटित भएका छन् ।

बैठकले पर्यटकीय स्थल धरान ४ मा खानेपानीको व्यापक समस्या भएको भन्दै निर्माणाधीन खानेपानी आयोजनाले नसमेटिएका वडाहरुमा पर्याप्त खानेपानीको व्यवस्था गर्न समेत माग गरेको प्रचार प्रसार संयोजक प्रेमकुमार राईले बताए । त्यसैगरी हाल धरानमा भईरहेको विकास निर्माणका कार्यहरु र नगरपालिका तथा वडाहरुले गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा पनि बैठकको ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकमा जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, महासमिति सदस्य उमेश थापा, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, गोविन्द बस्नेत, निलकुमारी गिरी, गोविन्द दर्नाल, मोहन बस्नेत, महाधिवेशन प्रतिनिधि सन्तोष सापकोटा, क्षेत्रीय सचिव मुरारी भट्टराई, क्षेत्रीय कोषाध्यक्ष एवम् नेविसंघ केन्द्रिय सदस्य सागर प्रसाई लगायतको उपस्थिति रहेको थियो ।