सूचना प्रविधि

सामसङ ‘जे टु २०१८’ नेपाली बजारमा

काठमाडौं । नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित भएको सामसङ मोबाइलको सिरिज अन्तर्गत हालै ग्यालेक्सी ‘जे टु २०१८’ मोबाइल नेपाली बजारमा लन्च भएको छ । ग्लालेक्सी ‘जे टु २०१८’ २०१८ देखि नेपाली बजारमा उपलब्ध हुँदै आएको हो ।

यस सेटको मूल्य १४ हजार ५ सय ९० नेपाली रुपियाँ रहेको छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रगंमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपडै«गनप्रोसेर, २ जिबि ¥याम तथा १६ जिबी इन्टरनल मेमोरिका साथ उपलब्ध रहेको छ । स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ ।

यो फिचरले गर्दा यसको कार्यक्षमता अझ बढी विशिष्ट हुन पुगेको छ । यसबाट ग्यालेक्सी व्द्द द्दण्ज्ञड सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ । यसबाट सोसल मिडिया एप्लिकेशनका सामग्रहीहरुलाई सीधै मेमोरी कार्डमा राख्न सकिने छ ।

सामसङ नेपालकाप्रमुख प्रणय रत्न स्थापितले “ यो सेटले सामसङको प्रतिबद्धतालाई पुष्टि गरेको छ । सामाजिक सञ्जाल अलि बढी चलाउने प्रयोगकर्ताहरुका लागि मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्दछ । यसरी इन्टरनल मेमोरीलाई प्रिंm राख्न सकिने हुँदा मोबाइलको कार्यक्षमता सदैव कायम हुन्छ ।” उनले भने ।

ग्यालेक्सी ‘जे टु २०१८’ मा ५.० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० एमएएच व्याट्री रहेको छ ।