साहित्य

राष्ट्रकवि घिमिरेलाई उपचारका लागि भारत लगियो

काठमाडौँ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वदेशमा उपचार सम्भव नभएपछि भारत लगिएको छ ।

चिकित्सकको सल्लाह अनुसार उनलाई बुधबार दिल्ली लगिएको हो ।

घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा पनि समस्या देखिएपछि राजधानीको गा्रन्डी अस्पतालमा भर्ना गरिएको थियो । परिवारले दिएको जानकारी अनुसार उनलाई  भारतको राजधानी नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरिनेछ ।

आन्तरिक रक्तश्राव नरोकीएपछि उनको ग्रान्डीमा थप उपचार हुन नसक्ने उनको उपचारमा खटिएका चिकित्सकले सुझाव दिएका थिए । घिमिरेको स्वास्थ्य उपचारको खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् ।