समाचार

आईपिएलमा कमाल गरेका सन्दिपलाई टिगोर कार

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका युवा क्रिकेटर सन्दीप लामिछानेले कार उपहार पाउने भएका छन् । आईपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी समेत रहेका लामिछानेलाई टिगोर कम्पनिको कार उपहार दिईने भएको हो ।

आईपिएलमा अब्बल प्रदर्शन गरेका सन्दिपलाई स्वदेश फर्केलगत्त टाटा मोटर्स कम्पनिले टिगोर कार उपहार दिने भएको छ । कम्पनिको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार कारको मूल्य सबै कम्पनिले नै तिर्ने जनाईएको छ भने सन्दिपलाई तीन वर्षका लागि कम्पनिको ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।

३ खेलमा मौका पाएका सन्दिपले ५ विकेट लिएका थिए ।