कृषि

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बाबारे यसो भने

ललितपुर । प्राकृतिक यार्सागुम्बामा जस्तै गुण कायम राखेर कृत्रिम यार्सागुम्बा उत्पादन गर्न सकिने भए पनि नेपालमा भने शुरु भएको छैन ।

बहुमूल्य जडीबुटी यार्सागुम्बाको कृत्रिम उत्पादन गरेर गुणस्तर कायम गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाएको छ ।

नाष्टमा कार्यरत वैज्ञानिक रामचन्द्र पौडेलले यार्सागुम्बा उत्पादन हुने अरू देशले कृत्रिम उत्पादन थालेको बताए । उनले भने, “हाम्रो देशमा धेरैलाई कृत्रिम रुपमा समेत उत्पादन हुन्छ भन्ने नै थाहा छैन ।”

यार्सागुम्बाको संकलन तीव्र भएपछि कतिपय पाटन रित्तिँदै गएका छन् । रित्तिँदै गएका पाटनमा कृत्रिम रुपमा यार्सागुम्बा उत्पादन गर्न सकिन्छ । तिब्बतमा यार्सागुम्बा पाइने पाटन मरुभूमिमा परिणत भएपछि कृत्रिम उत्पादन थालेको छ । नेपालका धेरै यार्सागुम्बा पाइने ठाउँमा अहिले कम हुँदै गएको संकलकले बताउँदै आएका छन् ।

उनी भन्छन्, “विश्व बजारको माग धान्न र पाटनलाई मरुभूमि हुनबाट रोक्नका लागि कृत्रिम उत्पादन थाल्नुर्ने देखिन्छ ।”

हिमाली जिल्लाका लागि बरदानका रुपमा रहेको यार्सागुम्बाले राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याएको छ । यार्सागुम्बा पाइने ठाउँमा अत्यधिक र अव्यवस्थित संकलन, जलवायु परिवर्तन लगायतका कारणले यार्सागुम्बा कम पाइन थालेको छ ।