राजनीति

धनगढीबाट गर्जिए गृहमन्त्रीः ती प्रहरीको नाम दिनुस्, ठाउँको ठाउँ ठिक पार्छु

धनगढी । गृहमन्त्री रामबहादुर थापा बादलले अब तस्करहरुलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । गृहमन्त्री थापाले सुरक्षा संगठनभित्रैबाट तस्कर संरक्षण हुने गरेको भन्दै संरक्षण गर्नेको नामावली दिन आग्रह गरेका हुन् ।

बुधबार प्रदेश नं. ७ को राजधानी धनगढी, पुगेका गृहमन्त्री थापाले भने, अब मालिकहरुलाई नै कानुनको कठघराउमा भ्याइन्ँछ, यसको थालनी भइसकेको छ ।’ तस्करलाई संरक्षण गर्ने प्रहरीलाई ठाँउको ठाउँ कारवाही गरिने भन्दै उनले अघि भने, तस्करहरु को हुन्, उनीहरुलाई प्रहरीले संरक्षण गरेको छ भने नाम दिनुस् , अन द स्पट कारबाही गर्छौं ।’

देश धेरै प्रकारका सिण्डिकेटबाट जेलिएको भन्दै गृहमन्त्रीले बादलले भने ‘देशबाट भ्रष्टाचारलाई हरेक क्षेत्रमा भ्रष्टाचार छ, सिन्डिकेट छ’ उनले भने, ‘जबसम्म एकाधिकार तोड्न सकिन्नँ, तबसम्म देशको विकास सम्भव छैन । त्यसैले सरकारले सिन्डिकेट तोड्ने अभियान थालेको छ ।’