साहित्य

राष्ट्रकवि घिमिरेलाई आज दिल्ली लगिदैँ

काठमाडौं । केही दिन दिन देखि अस्वस्थ रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको थप उपचार स्वदेशमै सम्भव नहुने भएपछि आज भारत लगिने भएको छ । चिकित्सकको सल्लाह अनुसार उनलाई बुधबार दिल्ली लैजान लागिएको हो ।

घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा पनि समस्या देखिएपछि राजधानीको गा्रन्डी अस्पतालमा उपचाररत छन् । परिवारले दिएको जानकारी अनुसार उनलाई बुधबार साझँ भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । घिमिरेको अपचार त्यहाँ स्थित मेदान्त अस्पतालमा हुनेछ ।

आन्तरिक रक्तश्राव नरोकीएपछि उनको. ग्रान्डीमा थप उपचार हुन नसक्ने उनको उपचारमा खटिएका चिकित्सकले सुझाव दिएका छन् । घिमिरेको स्वास्थ्य उपचारको खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् ।