राजनीति

काँग्रेस प्रदेश नम्बर ३ का जिल्ला सभापतिको सुझाब प्रस्ताबका लागी बन्यो समिति

काठमाडौं । नेपाली काँग्रेसका प्रदेश नम्बर ३ का जिल्ला सभापतिहरुको भेलाले हेटौंडामा हुने भेलालाई मध्यनजर गर्दै सुझाबका लागी पेस गर्न मस्र्यौदा समिति गठन गरेका छन् ।
समतिमा जगदीश्वरनरसिंह केसी (नुवाकोट) मधु आचार्य (काभ्रे), रमेश धमला (धादिगं), उज्वल बराल (सिन्धुली), रुद्र खड्का (दोलखा)को समिति गठन गरिएको छ । स्थानीय तह, प्रदेश सभानिर्बाचनदेखी प्रतिनिधि सभामा आएको निर्बाचन हारको परिणामलाई केन्द्रीय नेतृत्वले लिन नसकेको अवस्थामा ७७ पटै जिल्लाका सभापतिहरुले लिने निर्णय भयो ।

पार्टीका बिभिन्न निकायहरुलाई बिधानसम्बत रुपमा अधिवेशन गरि पूर्ण गर्न सुझाब को रुपमा असार ५ देखि ७ गतेसम्म हुने हेटौंडा भेलामा प्रशतावको रुपमा पेश गर्ने निर्णय समेत भएको नुवाकोट जिल्ला सभापति जगदीशवर नरसिंह केसीले बताए ।

नेपाली काँग्रेस केन्द्रीय समितिले लामो छलफलकाबिच देशभरका जिल्ला सभापतिहरुको भेला प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा गर्ने निर्णय गरेको थियो । जिल्ला सभापति भेला लगत्तै काँग्रेस महासमिति भेलाको तयारीमा लाग्ने छ ।
प्रदेश नम्बर ३ देशको सबैभन्दा महत्वपूर्ण रहेकोले उक्त प्रदेशका सभापतिहरुको सुझाबले नेपाली काँग्रेस र मुलुककै नेतृत्व लिने सम्भाबना समेत बलियो रहनसक्ने छ ।