पु.समाचार

प्रदेश नं ४ को जेठ १६ देखि वर्षे अधिवेशन

पोखरा । प्रदेश नं ४ प्रदेश सभाको वर्षे अधिवेशन यही जेठ महिनाको १६ गते बुधबार दिनको ४ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिशअनुसार प्रदेश प्रमुख बाबुराम कुँवरले सो बैठकको आह्वान गरेका हुन् ।

यस अधिवेशनले विशेषगरी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै बजेट ल्याउने प्रदेश प्रमुखको कार्यालयका सचिव देवी ज्ञवालीले जानकारी दिए । उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ ।

संविधानको धारा, १८३ बमोजिम प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन आह्वान र अन्त्य गर्ने प्रावधान रहेको छ ।