मनोरञ्जन

दुर्गा बिरहीको लय/शब्दमा आयो ‘दिलको दरबार'(भिडियो हेर्नुहोस्)

काठमाडौं । शंकर बि.सिको ‘दिलको दरबार’ बजारमा आएको छ । गायक दुर्गा विरहीको लय शब्दमा सजिएको ‘दिलको दरबार’ बोलको गीत युट्युब मार्फत बजारमा आएको हो । आत्मविश्वास फिल्मस्को प्रस्तुतीमा रहेको गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा चक्र सुनार र जमुना सनमको स्वर रहेको छ । गीतमा शंकर बिसी र नुना आर्यनलाई फिचरिङ् गरिएको छ । शंकर बिसीको निर्देशनमा बनेको भिडियोलाई दुर्गा पौडेलले खिचेका भने नविन घर्ती मगरले सम्पादन गरेका छन् । म्यूजिक भिडियोलाई यो समाचार तयार पार्दासम्म १३ हजार बढी पटक हेरिएको छ भने दर्शकले गीतलाई राम्रो प्रतिक्रिया दिएको छन् ।

भिडियो हेर्नुहोस्::-