स्वास्थ्य

रोइरहने बच्चालार्इ के गर्ने ? यो पढ्नुस्

काठमाडौं । जब तपाइको बच्चा रून्छ तपाइलार्इ पनि दुख लाग्छ । तपार्इ सक्दो कोसिस गर्नुहुन्छ की आफ्नो बच्चा नरोओस । भारतमा ७१६ आमाहरूमा रूर्इरहने बच्चालार्इ कसरी चुप लगाउने भनेर गरेको एक अध्ययनले यो तथ्य पत्ता लगाएको छ ।

यो पढ्नुस्:-

बच्चालार्इ औला चुस्न नरोक्नुहोस्: बच्चालार्इ आफ्नो औला चुस्न आनन्द आउछ । ८७/३५ आमाका अनुसार बच्चालार्इ चुप गराउने यो राम्रो तरिका हो ।

काखमा राख्नुहोस् वा बोक्नुहोस्: बच्चालार्इ काखमा राखेको वा बोकेको एकदम नै मनपर्छ । बच्चालार्इ आफ्नो आमा बुवाको काख एकदम मन पर्छ यसकारण पनि समय समयमा उनीहरू रूने गर्छन् ।

अंगुरको जुस: कुनैबेला बच्चा पेट दुखेका कारण पनि रूने गर्दछन् । ६४५ महिलाले पेट दुखेका कारण रोइरहेका बच्चालार्इ चुप लगाउनका लागि यसको प्रयोग गर्ने गरेको बताएका छन् ।

आफ्नो दुध: साना बच्चाहरू भोक लागेका कारण रूने गर्दछन् र प्राय बच्चाहरू दुध खुवाउनाले शान्त हुने गर्छन् । यस अध्ययनमा ९९।१५ महिलाले ब्रेस्टफीडिंगलार्इ सबै भन्दा धेरै बच्चा शान्त पार्ने उत्तम उपाय मानेका छन् ।

नरम कपडामा बेरेर राख्नुहोस्: नवजात बच्चाहरूलार्इ आरामको जरूरत हुन्छ र उनीहरूलार्इ कपडामा बेरिएर बस्न मन पनि पर्छ ।यसरी बस्दा उनीहरूलार्इ गर्भमा नै भएको महसुस हुन्छ यसकारण पनि रूने बच्चालार्इ शान्त पार्ने यो उपाय पनि उचित रहेको पार्इन्छ ।एजेन्सी