खेलकुद

रियो फुटसलमा मल्पी विजयी

काठमाण्डौ । मल्पीले तेश्रो रियो एसईई फुटसल प्रतियोगतामा सोमबार जित हात पारेको छ । मल्पीले कीर्तिपुर ‘ए’ लाई ४–१ गोलले पराजित ग¥यो ।

क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा रोयल युनाइटेडले आदर्श सौललाई ५–२, सेभेन वाया ब्रदर्सले गोल डिगर्सलाई २–०, न्यु जेनले पद्मोदय ‘ए’ लाई ३–१, एफसी एसवाईईएसले आरयू एफसीलाई ६–०, वारियर ब्वाइजले कामनालाई ४–२, पद्मोदय ‘बी’ ले कीर्तिपुर ‘बी’ लाई ३–१ तथा राइजिङ टिमले गोल्ड स्टारलाई २–१ गोलले हराए । यससंगै लिग चरणका सम्पूर्ण खेल समाप्त भएका छन् । मंगलबारदेखि नकआउट चरणका खेल सुरु हुनेछ ।