मनोरञ्जन

मिस्टर आरजेको र्‍यापमा आयो ‘बेउली बनाईबर’ (हेर्नुहोस् भिडियो)

काठमाडौं । पछिल्लो समय खुबै चर्चामा रहेका र्‍यापर राजेन्द्र भट्ट उर्फ ‘मिस्टर आरजे’को र्‍यापमा सजिएको ‘बेहुली बनाईबर’ बोलको देउडा गीत बजारमा आएको छ । लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत देउडा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

टेक राजको शब्द रहेको गीतमा मिस्टर आरजेले संगीत भरेका छन् । गीतलाई टेक राज र आरजेले गाएका छन् । गीतमा क्रिस्टिना महरा र सन्तोष कुमारलाई फिचरिङ् गरिएको छ । बीचबीचमा ‘मिस्टर आरजे’को र्‍यापले गीतमा उत्साह थपेको छ ।

हेर्नुहोस् भिडियो::-