राजनीति

एकीकृत पार्टी ब्यावस्थापन गर्न ओली र दहाललाई फलामको चिउरा चपाउनु सरह, नेताहरुमा चरम असन्तुष्टी

हेमराज खड्काकाठमाण्डौ । संसदीय निर्वाचन देखि कार्यगत एकता गरेका नेपालका दुई कम्युनिष्ट घटक तत्कालिन नेकपा एमाले र माओवादी (केन्द्र) विच पार्टी एकता पनि भैसकेको छ । यसले नेपालको राजनीतिमा उथलपुथल तथा तरङग समेत ल्याएको छ । अहिले सवैको नजरमा दुई तिहाइको हाराहारीमा गणीतीय हिसावमा संसदमा उपस्थित जनाउन सफल कम्युनिष्ट पार्टी विचको एकतालाई सकारात्मक रुपमा हेर्न थालिएको छ ।

मुलुकमा शान्ति, स्थाइत्व दिन सक्ने र विकास निमार्णमा तीब्रता ल्याउन सक्ने रोडम्यापलाई अगाडी बढाउनमा समेत एकता प्रकृयाले थप बल पुग्ने कुरामा दुई मत छैन । शतिmशाली सरकारको नेतृत्व गरेका तत्कालिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री खडगप्रसाद ओली र माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बल बुतामा एकीकरण भएको र नेपाल कम्युनिष्ट पार्टि अन्डरलाइन बनेको पार्टीमा तत्कालिन दुबै पार्टीका केहि शीर्ष नेताहरु म्र्यादा व्रmममा पछि पारिएको भन्दै असन्तुष्ट देखिएको उनीहरुका भनाईबाट नै स्पष्ट हुन्छ । तत्तकालिन एमालेका बरिष्ठ नेता झलनाथ खनालले त आफु नभएको बेला एकीकरण गरेको र मर्यादा व्रmममा पछि पारेको भन्दै चरम असन्तुष्टी ब्यतm गरेका छन् । यसै गरी तत्कालिन एमालेका उपाध्यक्ष भीम रावल र महासचिव इश्वर पोखरेलले समेत असन्तुष्टी ब्यतm गरेको बताइएको छ । उता तत्कालिन माओवादीका प्रभावशाली नेता तथा एकता प्रकृयाका शुत्रधार जनार्दन शर्माले एकतापछि बनाइएको हाइकमाण्डमा नपारिएको भन्दै असन्तुष्टी जनाएको श्रोतको भनाई छ ।

दुबै पक्षका प्रभावशाली नेतालाई असन्तुष्ट बनाएर गरिएको एकताले कतिको दिर्घकालिन रुपमा दीगो हुन्छ यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यो असन्तुष्टीको विषयलाई लिएर कतिपयले त पार्टी एकता भएको भएपनि विगतको कम्युनिष्ट चरित्रको फुटको इतिहासलाई मध्य नजर लगाएर निकट भविष्य मै यो प्रवृती नदोहोरियला भनेर भन्न नसकिने आसंका गरेका छन् । बष्ठि नेता खनाल , रावल, पोखरेल मात्र होइन तत्कालिन एमाले सचिव भीम आचार्य, समेत सन्तुष्टी देखिएका छन् । यसैगरी तत्लो स्तरका नेताहरुवाट पनि असन्तुष्टीका स्वरहरु सुनिन थालिएको छ । उता तत्कालिन माओवादीका प्रभावशाली नेता गोपाल किराँती, लोकेन्द्र विष्ट र विश्वभतm दुलाल आहुतीले त एकता प्रकृयाको शुरुवाती दिन मै एकताले एमाओवादीलाई एमालेमा विलिन गराउन लागेको भन्दै पार्टी नै परित्याग गरेका थिए । किराँती त नयाँ माओवादी पार्टी गठन गर्न आफै संयोजक बनेका छन् ।

उनले जनयुद्ध र जनभावना विपरीत माओवादीलाई एकताको नाममा विलय गराएको भन्दै कडा आलोचना गरेका छन । यसैगरी माओवादीका तल्लो स्तरका नेता तथा कार्यकताहरुले पनि पार्टी एकताका नाममा पार्टि विलय भएको भन्दै चरम असन्तुष्टी देखाएका छन् । यसरी दुवै पार्टीका धेरै नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको बेला भएको एकताले आगामी दिनमा नबगठीत पार्टीलाई अगाडी बढाउन अध्यक्षद्वय ओली र प्रचण्डलाई फलामको चिउरा चपाउनु सरह हुने अनुमान गर्न थालिएको छ । यस्ता असन्तुष्टीका स्वरले सरकारको काम गराईमा तथा जनताका जल्दाबल्दा समस्याको समाधान गदै मुलुकको नयाँ खाका कोर्ने यो अवस्थामा समेत प्रभाव पर्न सक्ने र सरकारको स्थाइत्वमा समेत असर पर्ने देखिएको छ । एकता कै व्रmममा नवगठीत पार्टीको अध्यक्ष ओली र प्रचण्ड दुबै जना बन्नु र पालै पालो प्रधानमन्त्री बन्ने सहमतीमा एकता गर्नु तथा अन्य नेतालाई बाइपास गरेर आफनो दुबै हातमा लडडु राख्न खाज्ने जस्ता कारणले गर्दा यो एकतालाई विश्लेषकहरुले आसंकाको दृष्टिकोणले हेर्न थालेका छन् ।

नवगठीत पार्टीको एकतालाई दीर्घ जीवन दिन र मुलुकमा स्थायीत्व कायम गर्न कम्युनिष्ठहरुको टुटने र फुटने पुर्व प्रवृतीलाई पुनराबृती हुननदिनु नै अहिलेको आवश्यकता हो । विगतको पहिलो संविधान सभामा धेरै पार्टीको प्रतिनिधित्व हुदा देखिएको विकृतीलाई हेर्दा पार्टि एकीकरण हुनुले राम्रो संन्देश प्रवाह भएपनि यसको स्थायीत्वलाई जोड दिनु पर्ने देखिन्छ । नेपालमा अव एउटा कम्युनिष्ट बामपन्थी पार्टी र नेपाली काँग्रेस विच आगामी दिनमा प्रतिस्पर्धा हुने केही विश्लेसकहरुको अनुमान छ । । यसले लोकतन्त्रलाई बलियो बनाउन र स्थाई सरकार दिन थप टेवा पुग्न सक्ने देखिन्छ । तर दलहरु आफै र आफनै पार्टी भित्र कतिको पारदर्शी र लोकतान्त्रीक ब्यावहार गर्छन् भन्ने कुरा यो एकता प्रकृयाले स्पष्ट गरेको छ ।