अन्तर्राष्ट्रिय

खेल मैदानमा भएको विस्फोटनमा परी आठको मृत्यु ४५ घाइते

जललाबाद, अफगानिस्तान । अफगानिस्तानको जललाबादमा रहेको एउटा खेल मैदानमा भएको बम विस्फोटनमा परी आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

शुक्रबार राती ११।२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

सो क्रिकेट मैदानमा मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्वको अवसरमा आयोजित स्थानीयस्तरको क्रिकेट प्रतियोगिता चलिरहेको थियो ।

विस्फोटनमा परी घाइते भएकाको स्थानीय अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका सबै जना क्रिकेट प्रतियोगिताको आयोजक थिए । घटनाको प्रान्तीय गभर्नर हयातुल्लाह हयातले कडा निन्दा गर्नुभएको छ । अहिलेसम्म कुनै समूहले घटनाको जिम्मेबारी लिएको छैन ।