राजनीति

कम्युनिष्टहरुको चरित्रले राष्ट्रियता कमजोर हुदैछ –सहमहामन्त्री डा महत

ओखलढुंगा । नेपाल तरुण दल ओखलढुंगा जिल्ला समितिले जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाका सबै स्थानीय तह बाट प्रतिनिधित्व हुने गरि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका सह(महामन्त्री डा प्रकाश शरण महतले नेपालका कम्युनिस्ट पार्टीहरु कुटनैतिक टेवलमा कुनै कुरा नगर्ने (लम्पसारवादी ) तर सडकमा चर्का कुरा गर्ने (उग्र राष्ट्रिवादी) चरित्रले मुलुकको राष्ट्रियता माथी आँच आएको बताए। कम्युनिस्ट पार्टीहरु सत्तामा पुग्न मात्र राष्ट्रियताको कुरा उठाउने गरेको इतिहास र बर्तमान दुबैले पुष्टि गरेको ‘ हिजो सत्तामा नहुदा भारत संगको सम्बन्धमा समस्या मात्रै देख्नेले सत्तामा पुग्ना साथ कुनै समस्या नदेख्नु के राष्ट्रवादी चरित्र हो त ?’

उनले प्रश्न गरे । कार्यक्रममा संघिय संसदका सदस्य महिन्द्रा सुब्बा, पुर्व सभासद रामहरी खतिवडा, ओखलढुंगा नेका सभापति प्रदिप सुनुवार, नेविसंघका केन्द्रीय सह(महामन्त्री एव प्रवक्ता प्रेम राज जोशी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।